'प्रधानमन्त्रीले चुनाव गर्ने नियत छैन् '

सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद् विघटनमा अदालतले संविधानमा भएको व्यवस्था अनुसार व्याख्या गर्ने बताएका छन् । सुर्खेतमा कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले अदालतलाई संविधानमाथिका धारा थप्ने अधिकार नभएको बताएका हुन् । 
संसद् विघटनको अधिकार संविधानले प्रधानमन्त्री ओलीलाई नदिएको भन्दै उनले शक्ति दुरुपयोग गरी संसद् विघटन गरेकाले अदालतले संविधानका धारालाई व्याख्या गरेर फैसला गर्ने बताए ।
 
‘यो विषय अदालतमा गएको छ, हामी बोल्न मिल्दैन भन्नु हुँदैन । आफूले देखेको कुरा साक्षीका रुपमा प्रस्तुत हुनुपर्छ,’ उनले भने, ‘हाम्रै अगाडि कसैले मान्छे मारेको छ । त्यो आफूले प्रत्यक्ष पनि देखेको भने त्यो अदालतले फैसला गरेपछि बोल्छु भन्नु मूर्खता हो ।’  वैशाखमा निर्वाचन हुन नसक्ने र प्रधानमन्त्रीमा निर्वाचन गर्ने नियत नभएको पौडेलले बताए । ‘प्रधानमन्त्रीले निर्वाचन गर्ने नियतले संसद् विघटन नै गरेका होइनन्,’ उनले भने, ‘हुन नसक्ने निर्वाचनका पछाडि लाग्न जरुरी छैन ।’ फागुन २



प्रतिक्रियाहरु