नेता जोशीको असामयिक निधनप्रति राष्ट्रपतिद्धारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्वीट गर्दै इमान्दार एवं स्वच्छ छवि भएका जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् । चैत १४



प्रतिक्रियाहरु