‘म त मछुी कि क्याहो’ ल्याउदैं ‘धुर्मुस–सुन्तली’

काठमाडौं । चलचित्र ‘सेन्टी भाइरस’ रिलिज भएको करिब एक बर्ष भएको छ । यो चलचित्रमा कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका थियो । चलचित्रले हलमा दर्शक भने तान्न सकेन । तर, अब सिताराम र कुञ्जना फेरि पर्दामा फर्किने तयारीमा छन् । तर, यसपटक उनीहरु सानो पर्दामा दर्शकलाई मनोरञ्जन दिने तयारीमा छन् ।
 
सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा बनिरहेको ‘म त मर्छु कि क्याहो’मार्फत उनीहरु पर्दामा फर्किन लागेका हुन् । यो वेव सिरिज हो । जसको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ । यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय छ । माघ २२



प्रतिक्रियाहरु