सरकारले परियारलाई हटाएर झालाई प्रदेश प्रमुख नियुक्त गर्यो

काठमाडौं । नेपाल सरकारले सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको छ ।  मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।
आज नै प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।



प्रतिक्रियाहरु