‘हनी ट्र्याप’को जालो कायमै

काठमाडौँ । हनी ट्र्याप’मा फसाइ रकम असुलेको आरोपमा महिलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट घर भइ गोंगबू बस्‍ने २८ वर्षीया संगीता शाह ९रितु०, सिन्धुपाल्चोक घर भइ गोंगबु बस्‍ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ स्वयम्भू बस्‍दै आएका शंकर खनाल रहेका छन् । यी गिरोहले कपन र इमाडोल बस्‍ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाइ कोठामासँगै बसेर गोप्य रुपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गरी ५ लाख मागेको प्रहरीले जनाएको छ । यसअघि जबर्जस्ती करणीको झुटो उजुरी दिने दुई महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा सुर्खेत वीरेन्द्रनगरबाट पक्राउ परेकी थिइन् । -चैत ८ 
 
 



प्रतिक्रियाहरु