टिपर र बस ठोक्किँदा १७ जना घाइते

जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ मा बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र विपरित दिशातर्फ आउँदै गरेको को १ ख ६६९१ नम्बरको बस शनिबार दिउँसो एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लालगढ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रियाहरु