अमेरिकामा अश्वेत युवा मारिएपछि तनाव

काठमाडौं । प्रहरीको गोलीले एकजना अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपतकाल घोषणा गरेका छन्। मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन्। २० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लंघन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो। त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। चैत ३१ 



प्रतिक्रियाहरु