सम्राट सिमेन्टमा संचालकबीच विवाद

काठमाडौं । सम्राट सिमेन्टको ३० प्रतिशत सेयर चौधरी समूह९सिजी०ले किनेको छ। दाङको सतबरियामा रहेको यो उद्योगको मुकुन्द तिमिल्सिना र सुधीर तिमिल्सिनाको नामको सेयर सिजी समूहले किनेको हो। मुकुन्द उद्योगको अध्यक्ष थिए। सेयर किनबेचको लागि दुबै पक्षबीच सम्झौता भइसकेको छ। सम्झौतापछि मुकुन्दले एक महिना अघि नै उद्योग छाडिसकेका छन्। स्रोतका अनुसार करिब साढे तीन अर्ब रुपैयाँमा यो सेयर विनोद चौधरीले किनेका हुन्।
 
किनबेचको सम्झौता भएपनि उद्योग विभागमा स्वामित्व हस्तान्तरणको काम भने बाँकी छ। ‘हाम्रो नाममा रहेको ३० प्रतिशत सेयर बेच्ने प्रारम्भिक सम्झौता गरिसकेका छौं। अरु कानुनी प्रक्रिया अनुसार हक हस्तान्तरण गर्न बाँकी छ,’ तिमिल्सिनाले भने, ‘केही समयभित्रै यो प्रक्रिया पूरा भएर विधिवतरूपमा हामी बाहिरिनेछौं।’ यो उद्योगले चार महिना अघि क्षमता विस्तार गरेर उत्पादन थालेको थियो। २०७१ वैशाख २३ गते उद्योग दर्ता भएर आर्थिक वर्ष २०७४/७५ बाट उत्पादन थालेको थियो। कम्पनीले सुरुमा ३ अर्ब ५१ करोड लगानी गरेको थियो।



प्रतिक्रियाहरु