लागु औषधसहित युवक पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले झापाको विर्तामोड–७ घर भएका ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको हो ।
लखनको साथबाट लागुऔषध फेनारगन ५ सय एम्पुल र लुपिजेसिक ५ सय एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । झापाबाट काठमाडौं आउँदै गरेको बा.७ ख ६३८ नम्बरको बसमा आएका लखनले झोलामा लुकाएर सो लागुऔषध ल्याएका हुन् । उनीमाथी लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चैत २९



प्रतिक्रियाहरु