चार दिन विद्यालय बन्द

डोटी । शिखर नगरपालिकाले विशु पर्व मनाउन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि वैशाख ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । नगर शिक्षा समितिको निर्णयले बिदा दिइएको नगर शिक्षा शाखाका प्राविधिक सहायक रोजी जोशीले जानकारी दिइन् । सरकारले वायु प्रदूषण भएको र त्यसको असर बालबालिकाको स्वास्थ्यमा पर्ने भन्दै चैत १६ देखि २० सम्म विद्यालय बन्द गर्न निर्देशन दिँदा शिखर नगरपालिकाले विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो ।



प्रतिक्रियाहरु