दोलखामा गाडी दुर्घटना, ४ जनाको मृत्यु

 दोलखा । गए राति साढे १० दोलखा जिल्लाको बिगु गाउँपालिका–४ मा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् । चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।  घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । 



प्रतिक्रियाहरु