उद्योगी गणेशभक्त साखःको ९१ वर्षको उमेरमा निधन

काठमाडौं। साखः ग्रुपका अध्यक्ष उद्योगी गणेशभक्त साखःको ९१ वर्षको उमेरमा निधन भएको छ। भक्तपुर पुर्ख्यौली भएका साखः बुढ्यौलीमा समेत उद्योग व्यवसायमा सक्रिय थिए।गणेशका पाँच छोरामध्ये एक जनाको निधन भइसकेको छ। उनका छोराहरु किरणप्रकाश, तेज प्रकाश, विश्वप्रकाश र ज्योतिप्रकाश छन्। श्रीमति जनकलक्ष्मी र साहिँलो छोरा प्रभातको निधन भइसकेको छ। उनले भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेर त्यस क्षेत्रको उद्योग व्यापार बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले भक्तपुरको उद्योग व्यवसायलाई विस्तार गर्न साखःको योगदान महत्वपूर्ण रहेको बताए।
यो समूहको भक्तपुरमा नेपाल पेन्टस र साखः मेटल एण्ड एलाइड इन्डस्ट्रिज छ। उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका साखः सामाजिक क्षेत्रमा पनि क्रियाशील थिए। उनलाई २०७४ सालमा नेपाल चेम्बर अफ कमर्सले लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत दिएको थियो।



प्रतिक्रियाहरु